आईपीएलमा मुम्बईको तेस्रो जित, हैदराबादलाई ४ विकेटले हरायो

हिमाल प्रेस ५ वैशाख २०८२ ८:३२
10
SHARES
आईपीएलमा मुम्बईको तेस्रो जित, हैदराबादलाई ४ विकेटले हरायो

मुम्बई- मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गरेको छ। यो मुम्बईको सातौं खेलमा तेस्रो जित हो भने हैदराबादको पाँचौं हार।

टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले वाङ्खडे मैदानमा २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो। ओपनर अभिषेक शर्मा (४० रन) र ट्राभिस हेड (२८ रन) ले सुरुवात राम्रो गरे पनि बीचको समयमा रन गति थमियो। हेनरिक क्लासेनले ३७ रन जोडे। मुम्बईका विल ज्याक्सले २ विकेट लिए भने जसप्रित बुमराह, हार्दिक पाण्ड्या र ट्रेन्ट बोल्टले समान १-१ विकेट लिए।

मुम्बईले १८.१ ओभरमै लक्ष्य पार गर्दै १६६ रन बनायो। रोहित शर्माले १६ बलमा २६, राइअन रिकेल्टनले ३१, विल ज्याक्सले ३६ र सूर्यकुमार यादवले २६ रन जोडे। हार्दिक पाण्ड्या र तिलक वर्माले अन्त्यमा टीमलाई जित दिलाए। पाण्ड्याले २१ र वर्माले नटआउट २१ रन बनाए।

कप्तान प्याट कमिन्सले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। इशान मालिङ्गाले २ विकेट हात पार्दा हर्शल पटेलले १ विकेट लिए। जितसँगै मुम्बई ७ खेलमा ६ अंकसहित सातौं स्थानमा यथावत् रहेको छ भने हैदराबाद नवौं स्थानमा छ।

प्रकाशित: ५ वैशाख २०८२ ८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast