कालीमाटीमा गुन्द्रुक, च्याउ, स्याउ ३५० रुपैयाँ

हिमाल प्रेस ५ वैशाख २०८२ ८:२०
18
SHARES
कालीमाटीमा गुन्द्रुक, च्याउ, स्याउ ३५० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार (आज) का लागि सागसब्जी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ।

तरकारीतर्फ गोलभेँडा (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, भारतीय ५० रुपैयाँ, आलु रातो ३५ रुपैयाँ, प्याज (भारतीय) ४० रुपैयाँ, काउली ३० रुपैयाँ, मूला सेतो २० रुपैयाँ, भिन्डी १०० रुपैयाँ, घिरौंला ६० रुपैयाँ, तने बोडी ८० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, फर्सी ५० रुपैयाँ र कुरिलो ६०० रुपैयाँ कायम गरिएको छ।

सागसब्जीमा पालुङ्गो ८० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ, तोफु १२० रुपैयाँ, पुदिना ३५० रुपैयाँ, कोइरालो ३५० रुपैयाँ, सजीवन १८० रुपैयाँ र ब्रकाउली ४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (फूजी) ३५०, केरा (दर्जन) १६०, कागती २८०, अनार ३५०, अङ्गुर (कालो) २५०, आभोकाडो ६५०, किबी ४५०, निबुवा ५० र मेवा (भारतीय) १२० रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको छ।

मसला तथा अन्य उपजमा अदुवा १३०, हरियो धनिया १८०, अकबरे खुर्सानी ३००, लसुन (नेपाली) ३०० र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो दर कायम गरिएको छ। ताजा माछा (रहु) ३२०, छडी २४० र रुख टमाटर १४० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

प्रकाशित: ५ वैशाख २०८२ ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast