शिक्षक आन्दोलनलाई मर्यादित र अनुशासित राख्न लक्ष्मीकिशोर सुवेदीको आग्रह

हिमाल प्रेस ५ वैशाख २०८२ ६:२९
748
SHARES
शिक्षक आन्दोलनलाई मर्यादित र अनुशासित राख्न लक्ष्मीकिशोर सुवेदीको आग्रह

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हालको शिक्षक आन्दोलनबारे अपडेट दिँदै आन्दोलनलाई शान्तिपूर्ण र संयमित राख्न शिक्षक र कर्मचारीलाई अपिल गरेका छन्।

आन्दोलन १७ औं दिनमा प्रारम्भ हुँदै गर्दा शुक्रबार सुवेदीले भने, ‘हामी विजयोन्मुख छौं। यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुन जरुरी छ। आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ। हाम्रो आन्दोलन डिरेल्ड (विपथगामी) होस् र तार्किक निष्कर्षमा नपुगोस्, उपलब्धि हात नपरोस् भनेर षडयन्त्र गर्नेहरू पनि थुप्रै छन्। त्यस्ता मान्छे कुन आवरणमा आउँछन्, कुनै ठेगान हुँदैन। त्यसैले हामीले उग्रता र भड्काउबाट आफूलाई बचाउनुपर्छ।’

उनले आन्दोलनमा लाखौं शिक्षक कर्मचारीको सहभागिताले नेतृत्वलाई ऊर्जा दिएको बताए। उनले आन्दोलनस्थलको सरसफाइ र सुरक्षामा अझ बढी सचेत बन्न अनुराेध गर्दै आन्दोलनको कार्यक्रम माइतीघरबाट सुरु हुने र पहिले नै बिचबाटो वा बानेश्वर गएर बस्न नहुने बताए।

‘आन्दोलनस्थलको सरसफाइ र सुरक्षामा अझ बढी सचेत बनौं। आन्दोलनको कार्यक्रम माइतीघरबाट सुरु हुने हो। त्यसैले पहिले नै बिचबाटो वा बानेश्वर गएर नबसौंं। माइतीघरबाटै जुलुसमा सहभागी भएर बानेश्वर तर्फ जाऔं। आन्दोलन अवधिभर (१२ बजेदेखि ३ बजेसम्म) सडकमा नै रहौं। पेटी नाघेर वारपार नगरौं,’ सुवेदीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast