
आज २०८२ साल वैशाख ५ गते शुक्रबार। वैशाख कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अप्रिल १८ तारिख। यो राशि जगदीश सुवेदीले तयार पारेका हुन्। आज पाथीभरादेवीको दर्शन गर्ने उत्तम दिन पनि हो।
मेष
आजको दिन शुभ छ। खर्चमा सावधानी अपनाउनुहोस्। बोलीमा विवेक पुर्याउनु राम्रो हुनेछ। शिक्षा, स्वास्थ्य र रोजगारीमा प्रगति हुनेछ। पारिवारिक सम्बन्ध अझ सुमधुर बन्नेछ।
वृष
स्वास्थ्यमा ध्यान दिनुपर्ने समय हो। खानपानमा विशेष सतर्कता अपनाउनुहोस्। व्यापारमा लगानी लाभदायक हुनेछ। वैदेशिक लगानीबाट उन्नति मिल्नेछ। कारोबारमा सजग हुनुहोस्।
मिथुन
दिन सकारात्मक छ। मनोकामना पूरा हुने संकेत छन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। शिक्षा र अध्ययनमा सफलता मिल्नेछ। धार्मिक वा बौद्धिक व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना छ। पारिवारिक सम्बन्ध सुदृढ हुनेछ।
कर्कट
दिन सामान्य रहला। नजिकका मानिसहरूबाट झुटो आरोप लाग्न सक्छ। शैक्षिक लगानीमा घाटाको सम्भावना देखिन्छ। तर वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। प्रेम सम्बन्धमा सुधार देखिन्छ।
सिंह
आजको दिन फलदायी छ। सुरु गरेका कार्यहरू सफल हुनेछन्। आफन्त र सल्लाहकारको सहयोग लिनु लाभदायक हुनेछ। व्यापारमा मुनाफा हुने संकेत छ।
कन्या
संघर्षपूर्ण दिन। लगानी डुब्ने जोखिम छ, व्यापारमा घाटा हुनसक्छ। नयाँ योजना स्थगित गर्नु उपयुक्त हुनेछ। यात्रामा सावधानी अपनाउनुहोस्। प्रेम सम्बन्ध भने मजबुत रहनेछ।
तुला
दिन शुभ छ। चन्द्रमा अनुकूल भएकाले नयाँ कार्यको शुभारम्भ गर्नु लाभदायक हुनेछ। व्यापारमा फाइदा हुने सम्भावना छ। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ।
वृश्चिक
धन लाभको दिन। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। लामो यात्रा टार्नु उचित हुन्छ। सामाजिक सम्मान प्राप्त हुनेछ।
धनु
श्रमको उचित प्रतिफल प्राप्त हुनेछ। अध्ययनमा गरिएको लगानीले आत्मविश्वास बढाउनेछ। प्रेम सम्बन्धले परिवारमा खुशी ल्याउनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।
मकर
दिन सामान्य रहला। खर्च बढ्नेछ। ठूला योजना स्थगित गर्नु राम्रो हुन्छ। कम बोल्ने प्रयास गर्नु उपयुक्त हुनेछ। आफन्तबाट बाधा आउन सक्छ, सतर्क रहनुहोस्।
कुम्भ
अनावश्यक खर्च बढ्न सक्छ। अपेक्षित सहयोग नपाइने संकेत छन्। कुनै पनि कार्यमा अगाडि बढ्नु अघि विचार गर्नुहोस्। उद्योग वा व्यापारको सुरुवात नगर्नु उचित हुन्छ। संकटमा परिवारको साथ पाइनेछ।
मीन
दिन शुभ रहला। तर बोलीमा सावधानी आवश्यक छ। निर्णय लिनुअघि सोचविचार गर्नु राम्रो हुन्छ। घमण्डले हानि पुर्याउन सक्छ। धार्मिक गतिविधिमा मन लाग्नेछ।