नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला

हिमाल प्रेस ४ वैशाख २०८२ १९:०१
30
SHARES
नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला प्रतीकात्मक तस्बिर।

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।

साथीहरूसँग मंगलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता भएका थिए। बेपत्तामध्ये एक जनाको बुधबार शव भेटिएको थियो भने अर्का एक जनाको आज भेटिएको हो।

मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायब उपरीक्षक मधु नेपालीले बताए। मध्यविन्दु नगरपालिका–१२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधबार दिउँसो नदीमा भेटिएको थियो।

पाँच जना बालक नारायणी नदी किनारमा ‘ड्राइ पिकनिक’ जाने भनी गएकामा दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। मृतक बालकहरु दाजु भाइका छोराहरू भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८२ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast