पाकिस्तान र इरानबाट हजारौँ अफगानी शरणार्थी स्वदेश फिर्ता

हिमाल प्रेस ४ वैशाख २०८२ १५:४३
20
SHARES
पाकिस्तान र इरानबाट हजारौँ अफगानी शरणार्थी स्वदेश फिर्ता फाइल तस्बिर

काठमाडौँ- इरान र पाकिस्तानबाट पाँच हजारभन्दा बढी संख्यामा शरणार्थीहरू अफगानिस्तान फिर्ता भएका छन्।

अफगानिस्तानको समस्या समाधानसम्बन्धी उच्च आयोगले छिमेकी मुलुक पाकिस्तान र इरानबाट पाँच हजार ६७१ जनासहित एक हजार ७२ अफगान परिवार स्वदेश फर्किएको जनाएको हो।

पूर्वी नान्गाहार प्रान्तको तोरखाम सीमापारी, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमापारी र पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा नाका हुँदै शरणार्थीहरू स्वदेश फर्किका हुन्।

करिब ७० लाख अफगानी शरणार्थीमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू अहिले विदेशमा बसिरहेका छन् र अधिकांश फगानिस्तानको छिमेकी देश पाकिस्तान र इरानमा बस्दै आएका छन्।

अफगानिस्तानको अन्तरिम सरकारले पटकपटक अफगानी शरणार्थीहरूलाई शरणार्थीका रूपमा विदेशमा बस्न बन्द गर्न र आफ्नो मातृभूमिको पुनः निर्माणमा योगदान गर्न स्वदेश फर्कन आग्रह गर्दै आएको छ।–रासस/एएफपी

प्रकाशित: ४ वैशाख २०८२ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast