
काठमाडौँ- स्याङ्जामा सुनजस्तो देखिने धातुसहित एक जना पक्राउ परेका छन्। गल्याङ नगरपालिका १ राम्दीबाट सुनजस्तो देखिने धातु ७ तोला ९६९ लालसहित वालिङ नगरपालिका ६ बस्ने बस्ने ३६ वर्षीय प्रदीप अर्याल पक्राउ परेका हुन् ।
उनलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८८०९ नम्बरको ईभी भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त धातुसहित फेला पारी पक्राउ गरिएको हो।
प्रकाशित: ४ वैशाख २०८२ १३:२४
प्रतिक्रिया