गभर्नर नियुक्तिमा बिचौलियाबीच तानातान छ : प्रचण्ड

हिमाल प्रेस ४ वैशाख २०८२ ११:१९
26
SHARES
गभर्नर नियुक्तिमा बिचौलियाबीच तानातान छ : प्रचण्ड

लुम्बिनी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्तिमा बिचौलियाबीच तानातान चलिरहेको आरोप लगाएका छन्।

प्रेस सेन्टर नेपाल रूपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार बिचौलियाको चगुलमा फसेको आरोप लगाए।

‘बाहिर देख्दा दलहरूबीचको भागबन्डा नमिलेजस्तो देखिन्छ, तर, बिचौलियाबीच कुरा नमिलेको हो,’ उनले भने। अध्यक्ष प्रचण्डले कुलमान जस्तो योग्य पात्रमाथि सरकार नियोजित रूपमा लागि परेको बताउँदै वर्तमान सरकारमा विचौलियाहरू हाबी रहेको बताए।

‘मैले भन्दा पत्याउन गाह्रो थियो, कांग्रेस महामन्त्रीहरूले नै प्रधानमन्त्रीको बेडसम्म बिचौलिया पुगेको कुरा बोलेपछि पुष्टि भयो।’ उनले भने। सरकारले नराम्रो गर्नेहरूलाई स्वार्थ अनुसार नियुक्ति गरिएको बताए। अध्यक्ष प्रचण्डले वर्तमान सरकार षड्यन्त्रबाट बनेकाले धेरै दिन नटिक्ने बताए।

उनले कांग्रेस र एमालेका दोस्रो तहका नेतामा आगो सल्केको टिप्पणी गरे। ‘कांग्रेसभित्र सरकारप्रति चरम वितृष्णा र आक्रोश छ, एमालेभित्र पनि भुसको आगो सल्केको छ,’ उनले भने।

उनले नेकपा माओवादी केन्द्र २०८४ सम्म सरकारमा जाने मुडमा नरहेको प्रष्ट पारे। उनले सरकार बनाउँदा कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरुलाई थाहा नदिई अपारदर्शी ढंगले विचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको दाबी गरे।

प्रकाशित: ४ वैशाख २०८२ ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast