महाधिवेशनको मिति तय गर्न बस्दैछ रास्वपाको केन्द्रीय समिति बैठक

हिमाल प्रेस ४ वैशाख २०८२ ९:३६
16
SHARES
महाधिवेशनको मिति तय गर्न बस्दैछ रास्वपाको केन्द्रीय समिति बैठक रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए।

सहकारी ठगी प्रकारणमा पार्टीका सभापति रवि लामिछाने पुर्पक्षका लागी थुनामा गएपछि कार्यबाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

बैठकमा अघिल्लो बैठकका निर्णय कार्यान्वयनको अवस्था, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने रास्वपाले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८२ ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast