एक करोड १५ लाख लिटर दूध प्रशोधन

हिमाल प्रेस ४ वैशाख २०८२ ९:२५
6
SHARES
एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर- चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ। किसानबाट संकलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो।

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी दिए।

गर्मी बढ्न थालेपछि दूध संकलन घटेको छ। गत चैतमा दैनिक २५ हजार लिटरसम्म दूध संकलन भएको उनले बताए। ‘गर्मी बढ्न थालेपछि दहीको खपत बढी हुन्छ’, उनले भने, ‘पाउडर र बटर उत्पादनका लागि संकलन हुने दूध पनि घट्छ।’

पाउडर र बटर बनाउनका लागि मेचीदेखि महाकालीसम्मका डेरीबाट दूध संकलन हुने गरेको छ। ‘जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्’, उनले भने, ‘दश दिनसम्म यही ‘कोल्डस्टोर’मा राखिदिने गरेका छौँ।’

पाउडर दूधे आइसक्रिम र बिस्कुट उद्योगमा खपत हुने गरेको छ। २०७२ सालको भूकम्पपछि तीन वर्ष बन्द उद्योग पुनःसञ्चालन भएपछि उत्पादन भएको दूध बिक्री नहुने अवस्थाको अन्त्य भएको छ।

जिल्ला दूध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दूध प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा किसान लाभान्वित भएका बताए।

प्रकाशित: ४ वैशाख २०८२ ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast