
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (बिहीबार) बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ, आगामी आन्दोलनको विविध पक्षलगायत विषयमा छलफल हुने जनाइएको छ।
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा मिश्र र राणा पक्राउ परेका थिए। राप्रपाले उनीहरूको रिहाइको माग गर्दै आएको छ। राप्रपाले यही वैशाख ७ गते काठमाडौँ केन्द्रित आन्दोलन गर्दै छ।
प्रकाशित: ४ वैशाख २०८२ ८:३७
प्रतिक्रिया