झाँकी र भजनकीर्तन गर्दै सकियो बिस्काःसगुन जात्रा

हिमाल प्रेस ४ वैशाख २०८२ ८:१४
4
SHARES
झाँकी र भजनकीर्तन गर्दै सकियो बिस्काःसगुन जात्रा

भादगाउँ- बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाएको छ। आज बिहानैदेखि बाजागाजासहितको झाँकी र भजनकीर्तन गर्दै देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो।

जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकु पटासी र दौरासुरुवालमा सजिएरसहभागी भएका थिए। देवीदेवतालाई सगुनसहित पूजा गर्न आ–आफ्ना द्योः छें (देव घर)बाट निकाली चोक तथा डबलीमा राखिएको थियो।

यो पूजा प्राचीनकालदेखि नै हुँदै आएको हो। बिस्का जात्रामा विध्न बाधा वा केही भुलचुक भए क्षमायाचनाका निम्ति गरिने पूजालाई सगुन जात्राका रुपमा मनाउने प्रचलन प्रारम्भ भएको स्थानीय संस्कृतिका जानकार ओम धौभडेलले बताए।

प्रकाशित: ४ वैशाख २०८२ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast