शिक्षक आन्दोलनको दबाबमा विद्यालय शिक्षा विधेयकमाथि तीव्र छलफल : उपसमिति सदस्य

हिमाल प्रेस ३ वैशाख २०८२ २१:०८
2.5k
SHARES
शिक्षक आन्दोलनको दबाबमा विद्यालय शिक्षा विधेयकमाथि तीव्र छलफल : उपसमिति सदस्य

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिमा विद्यालय शिक्षा विधेयक-२०८० माथि तीब्र गतिमा छलफल भइरहेको छ।

गत चैत २० गतेदेखि काठमाडौँमा जारी शिक्षक तथा कर्मचारीहरूको आन्दोलनको प्रत्यक्ष दबाबका कारण विधेयकमाथि छलफल प्रक्रिया तीब्र  बनाइएको उपसमितिका एक सदस्यले हिमालप्रेसलाई जानकारी दिए।

‘शिक्षकहरू सडकमा नआउनुभएको भए पनि हामीमाथि दबाब थियो। विधेयकमाथि छिटो छलफल गर्नकै लागि उपसमिति बनाइएको हो,’ ती सदस्यले भने, ‘हाल हामी दिनरात, सार्वजनिक बिदा नभनी विधेयकमा काम गरिरहेका छौं। हामीलाई पहिले पनि गर्नैपर्थ्यो, तर आन्दोलनपछि थप दबाबमा परेका हौं।’

उक्त विधेयकलाई तत्काल ऐनको रूप दिनुपर्ने माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौँमा शिक्षक कर्मचारीहरू आन्दोलित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast