शिक्षक आन्दोलनप्रति सांसद शर्माको समर्थन, सरकारलाई चाँडो कदम चाल्न आग्रह

हिमाल प्रेस ३ वैशाख २०८२ २०:१४
74
SHARES
शिक्षक आन्दोलनप्रति सांसद शर्माको समर्थन, सरकारलाई चाँडो कदम चाल्न आग्रह

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले शिक्षकहरूलाई सडकमा उभिन बाध्य पारेर अपमान गरिएको टिप्पणी गरेका छन्उ नले शिक्षकहरूको आन्दोलनप्रति समर्थन जनाउँदै  यथाशीघ्र कक्षा कोठामा फर्काउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

सांसद शर्माले शिक्षकमाथि गरिएको व्यवहार अपमानजनक भएको बताए। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एकातिर शिक्षाको ज्योति फैलाउने गुरुहरूको अपमान भइरहेको छ भने अर्कोतिर लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको छ।’

उनले शिक्षकका माग सम्बोधन गर्न सरकार ढिलाइ नगरी तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिएका छन्। ‘नेपाली समाजको रूपान्तरणमा सबैभन्दा बलियो र प्रभावकारी भूमिका खेल्नु भएका शिक्षकहरूका मागबारे सरकारले गम्भीरतापूर्वक छलफल गर्न ढिलो गर्नु हुँदैन,’ डा. शर्माले लेखेका छन्,‘बरु शिक्षकका माग संसदमार्फत सम्बोधन गर्नुपर्ने हो भने हामी त्यसका लागि पनि तयार छौँ।’

उनले अहिलेको परिस्थिति शिक्षाको गुणस्तरमा प्रत्यक्ष असर पारिरहेको बताउँदै सामुदायिक विद्यालयहरू दिनप्रतिदिन कमजोर हुँदै गइरहेको उल्लेख गरेका छन्। १५ दिनदेखि काठमाडौँमा जारी शिक्षक आन्दोलनप्रति ध्यान दिन सबैलाई आग्रह गर्दै शर्माले भनेका छन्, ‘गुरुहरूलाई सडकमा होइन, उच्च मनोबल र सम्मानका साथ विद्यालय फर्काउने वातावरण सरकारले अविलम्ब आवश्यक कदम चालेर बनाउनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast