थमन विक हत्या प्रकरण : अडियो जाँच्न विशेषलाई झिकाउन आदेश

हिमाल प्रेस ३ वैशाख २०८२ १८:१४
8
SHARES
थमन विक हत्या प्रकरण : अडियो जाँच्न विशेषलाई झिकाउन आदेश

काठमाडौँ- सशस्त्र प्रहरी उपरीक्षक (असई) थमन विक हत्या प्रक्ररणमा उच्च अदालत जनकपुरले फोन कलको अडियो जाँच्न आदेश दिएको छ।

बुधबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय नरिश्वर भण्डारी र जगदीश घिमिरेको संयुक्त इजलासले यो आदेश दिएको हो।

उच्च अदालतले विगतमा पनि प्रहरी प्रधान कार्यालयका साइबर ब्युरोबाट दुई जना विशेषज्ञलाई बोलाउने आदेश भएको थियो। यसअघि ब्युरोका विशेषज्ञ आनन्द निरौला र दक्षेपी शेर्पालाई बोलाउने आदेश भएको उच्च अदालतका रजिष्ट्रार सुशील यादवले जानकारी दिए।

शेर्पाको बकपत्र भए पनि तालिमको सिलसिलामा देशबाहिर भएकाले निरौलाको बकपत्र भएको थिएन। निरौला र शेर्पाले विक हत्याका आरोपीहरूको मोबाइल फोनको अडियो परीक्षणा गरेका थिए। यही विषयमा थप प्रकाश पार्न निरौलालाई बोलाउने आदेश भएको हो।

जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका मधेश प्रदेशका निलम्बित सांसद अभिराम शर्मासहित चार जनाको मुद्दमा यसअघि पटकपटक पेसी तोकिए पनि ‘हेर्न नभ्याइनेमा’ मा पर्दै आएको थियो।

यो मुद्दामा शर्मासहित जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र, सुरेश पाण्डेय र धर्मेन्द्र राय प्रतिवादी छन्।

दोस्रो मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा एम्बुलेन्सबाट थुतेर असई विकको हत्या भएको थियो।

प्रकाशित: ३ वैशाख २०८२ १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast