ईसेवाको खाताबाट एक करोडबढी रकम चोरी गर्ने युवक पक्राउ

हिमाल प्रेस ३ वैशाख २०८२ १७:३९
44
SHARES
ईसेवाको खाताबाट एक करोडबढी रकम चोरी गर्ने युवक पक्राउ

काठमाडौँ- ईसेवाबाट रकम चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ईसेवाको खाता ह्याक गरी एक करोडभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का २२ वर्षीय राहुल बढुलाई पक्राउ गरेको हो।

बुढालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार कालीमाटीबाट पक्राउ गरेको हो।

एसएमएसमार्फत ‘द अलर्ट’, ‘एट अलर्ट’ जस्ता ‘फिसिङ लिंक’ पठाई खाता सस्पेन्ड हुन लागेको चेतावनी दिई भेरिफाइका लागि लिंक खोल्न लगाएर उनले ईसेवामा अनधिकृत पहुँच पु¥याएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

जिसीका अनुसार बुढाले चार हजारभन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा पठाएको पाइएको छ।

उनले विभिन्न व्यक्तिको ईसेवामा पहुँच पु¥याएर १ करोड २ लाख नगद चोरी गरेको पाइएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुढालाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०८२ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast