
काठमाडौँ- सिराहामा यौन दुर्व्यवहारपछि युवती मृत भेटिएको घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो राखेका छन्। उनले घटना अनुसन्धान गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका हुन्।
यौन दुर्व्यवहारमा परेकी सिराहाको नरहा गाउँपालिकास्थित बर्छवा टोलकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार माइती घरमा मृत भेटिएकी हुन्। उनी सिराहाकै नवराजपुर गाउँपालिका ३ दोनबारी टोलस्थित माइतीघरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सिराहा प्रहरीले जनाएको छ।
प्रकाशित: ३ वैशाख २०८२ ११:५९
प्रतिक्रिया