त्रिविको उपकुलपतिमा डा. खड्ग केसी

हिमाल प्रेस २ वैशाख २०८२ १६:३१
56
SHARES
त्रिविको उपकुलपतिमा डा. खड्ग केसी

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिइएको छ। प्रधानमन्त्री एवम् त्रिवि कुलपति केपी शर्मा ओलीले  मंगलबार केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन्।

उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। केसीलाई अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारी दिइएको हो। पर्वतका केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति  विभाग स्थापनादेखि नै राम्रो काम गरेका व्यक्ति मानिन्छ। यद्यपि उक्त विभाग विवाद रहित भने भएन्।

अन्तराष्ट्रिय विभागमा रहेर काम गरेकै आधारमा उनलाई २०७२ सालमा जापानका लागि राजदूत सिफारिस पनि गरिएको थियो। तर तत्काल सरकार परिवर्तनका कारण नियुक्त हुन भने पाएनन्। जापानको सरकारी छात्रवृत्तिमा नागासाकी विश्वविद्यालयबाट मास्टर्स, पीएचडी र पोस्ट डाक्टरेट गरेका केसी विभिन्न विदेशी विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रुपमा काम गरिरहेका छन्। कतिपय विश्वविद्यालमा उनी फरिन पोलिसी फेलोका रुपमा पनि छन्।

केसी चीनको सांघाई विश्वविद्यालय, सिचुवान विश्वविद्यालय, युनान विश्वविद्यालयमा आमन्त्रित प्राध्यापक तथा सार्क विश्वविद्यालय नयाँदिल्लीको बोर्ड सदस्य पनि हुन्। अमेरिकी सहकार्य रहेकाे  तिब्बत मामिलामा अध्ययन अनुसन्धान गर्ने संगम इन्स्टिच्युट (हाल बन्द) सँग समेत निकट रहेका केसी पछिल्लो समय चीनका विश्वविद्यालयहरुसँग जोडिन थालेका हुन्।

प्रकाशित: २ वैशाख २०८२ १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast