शिक्षक आन्दोलनका कारण कालिका मानवज्ञान माविको सम्पूर्ण शैक्षिक गतिविधि स्थगित

हिमाल प्रेस २ वैशाख २०८२ ९:०५
140
SHARES
शिक्षक आन्दोलनका कारण कालिका मानवज्ञान माविको सम्पूर्ण शैक्षिक गतिविधि स्थगित

बुटवल- नेपाल शिक्षक महासंघको अगुवाइमा देशभर जारी शिक्षक कर्मचारी आन्दोलनको प्रभावस्वरूप रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्ना सम्पूर्ण शैक्षिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको छ।

विद्यालय प्रशासनले मंगलबार एक सूचना जारी गर्दै हालको परिस्थितिमा विद्यालय सञ्चालन सम्भव नभएकाले पूर्वनिर्धारित भर्ना कार्यक्रमसहित सम्पूर्ण शैक्षिक गतिविधि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जारी सूचनामा उल्लेख गरिएको छ, ‘शिक्षक–कर्मचारीको आन्दोलनले सिर्जना गरेको शैक्षिक हड्तालको विषम परिस्थितिलाई ध्यानमा राखी विद्यालयले तत्कालका लागि सबै कार्यक्रम स्थगन गर्ने निर्णय लिएको हो।’

यसैबीच, आन्दोलनका सन्दर्भमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा अझ सशक्त सहभागिता जनाउन शिक्षक–कर्मचारीलाई आह्वान गरेका छन्।

उनले भने, ‘आन्दोलनमा आउन बाँकी साथीहरू अनिवार्य रूपमा जोडिनुहोस्। महासंघले निषेध गरेका कुनै पनि काममा संलग्न नहुनुहोस्। जिल्ला–जिल्लामा निरीक्षणका लागि गोप्यरूपमा टोली खटिएका छन्।’

सुवेदीले अझै पनि सरकारसँग माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast