नयाँ वर्षमा समृद्धिको संकल्प लिनुहोस् : प्रधानमन्त्री ओली

हिमाल प्रेस १ वैशाख २०८२ १२:२७
20
SHARES
नयाँ वर्षमा समृद्धिको संकल्प लिनुहोस् : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य प्राप्तिका लागि सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कठिनाइका बाबजुद हासिल उपलब्धिहरूको जगमा उज्यालो भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरे।

‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ सम्भावनाको खोजी गरौँ,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्,‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा संकल्प हो।’

प्रधानमन्त्री ओलीले राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकारले मात्र नभई देशभित्र र बाहिर रहेका सबै नेपालीको समन्वित प्रयास आवश्यक रहेको धारणा राखे।

उनले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता राष्ट्रका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै ती विविधतालाई परस्परविरोधी नभई एकताको शक्ति बनाएर राष्ट्रनिर्माणमा जोड्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले ग्रामीण भेगमा निर्माण भएका पूर्वाधार, सामाजिक सेवा प्रणालीमा आएको सुधार, तथा लोकतान्त्रिक प्रणालीले दिलाएका उपलब्धिहरू देशको विकास यात्राका सकारात्मक संकेत भएको बताए।

उनले युवापुस्तालाई राष्ट्रको सम्भावना भन्दै उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने सरकारको नीति रहेको जानकारी दिए।

सन्देशको अन्त्यमा प्रधानमन्त्री ओलीले भने, ‘नयाँ वर्ष हामीलाई निराशाको सट्टा आशाको ऊर्जा र विश्वास दिन प्रेरित गर्छ। निराशा फैलाउने प्रवृत्तिलाई परास्त गर्दै हामी राष्ट्रप्रेम, एकता र प्रगतिमा विश्वासका साथ अघि बढ्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast