वीरगन्ज महानगर क्षेत्रको कर्फ्यु हटाइयो

हिमाल प्रेस १ वैशाख २०८२ ११:२९
4
SHARES
वीरगन्ज महानगर क्षेत्रको कर्फ्यु हटाइयो

वीरगन्ज- जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगन्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए।

‘वीरगन्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरूसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यु आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले राति १२ बजेदेखि उक्त कर्फ्यु आदेश हटाउने निर्णय भएको छ’, प्रजिअ अर्यालले भने,‘परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगन्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ।’

प्रजिअ अर्यालले उक्त आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि स्पष्ट पारेका छन्। वीरगन्ज महानगर क्षेत्रमा दुई समुहबीच शनिबार बेलुका झडप भएपछि शनिबार बेलुका ६:३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो।

प्रकाशित: १ वैशाख २०८२ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast