नयाँ वर्षबाट बेथिति अन्त्य, सुशासन प्रवर्धन र सेवा चुस्त बनाऔं : राष्ट्रपति पौडेल

हिमाल प्रेस १ वैशाख २०८२ १०:३४
8
SHARES
नयाँ वर्षबाट बेथिति अन्त्य, सुशासन प्रवर्धन र सेवा चुस्त बनाऔं : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८२ को अवसरमा बेथितिको अन्त्य, सुशासन प्रवर्धन र सेवा प्रवाहलाई चुस्त बनाउन संकल्प गर्न सबै नेपालीलाई अपिल गरेका छन्।

नयाँ वर्षको शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षा पूरा गर्न केही ढिलाइ र कमजोरी भएको स्वीकार गर्दै त्यसलाई भ्रमपूर्ण रूपमा प्रस्तुत गर्न खोजिएका प्रयासहरू विस्तारै निस्तेज हुने स्पष्ट पारे।

उनले संघीय गणतन्त्र र समावेशी लोकतन्त्रको माध्यमबाट स्वतन्त्रताको उज्यालो र फराकिलो लोकमार्गमा देश अघि बढिरहेको बताए। उनले भने, ‘हाम्रो भाग्य र भविष्य हामी आफैँले निर्माण गर्ने बाटोमा जनता अघि बढिरहेका छन्।’

राष्ट्रपतिले स्वदेशी उत्पादन प्रवर्धन, उद्यमशीलता विकास र राष्ट्रिय पुँजी निर्माणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण आवश्यक रहेकोमा जोड दिए। दिनहुँ ठूलो संख्यामा विदेशिने युवालाई स्वदेशमै रोजगारका अवसर सिर्जना गरी रोक्न अब ढिलाइ गर्न नहुने बताउँदै श्रमको सम्मान र गाउँमै आम्दानी सृजनाको वातावरण बनाउन आह्वान गरे।

‘आजको प्रविधिमैत्री विश्वमा नेपालले पनि प्रविधिमैत्री अभ्यासलाई सुदृढ गर्दै लैजानुपर्छ,’ उनले भने। कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड भन्दै ती क्षेत्रमा समस्या हटाई उपयुक्त नीति र अवसर सिर्जना गर्नुपर्नेमा उनको जोड छ।

राष्ट्रपति पौडेलले नयाँ वर्षमा सबै नेपालीलाई समृद्ध राष्ट्र निर्माणतर्फ लाग्न आह्वान गर्दै शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: १ वैशाख २०८२ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast