अग्रगामी शिक्षा ऐन जारी नभएसम्म सडकमै संघर्ष गरिरहन्छौं : ईस्टू

हिमाल प्रेस १ वैशाख २०८२ ९:४८
152
SHARES
अग्रगामी शिक्षा ऐन जारी नभएसम्म सडकमै संघर्ष गरिरहन्छौं : ईस्टू

काठमाडौँ- नयाँ वर्ष २०८२ को अवसरमा ‘बृहत् शैक्षिक सडक आन्दोलन-२०८१’ मा सहभागी शिक्षकहरूले आन्दोलनको मोर्चाबाटै सम्पूर्ण नेपाली जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) का अध्यक्ष होमकुमार थापा र कार्यवाहक महासचिव भूपाल उप्रेतीद्वारा जारी संयुक्त सन्देशमा भनिएको छ,‘हामी दिनरातको पर्वाह नगरी अग्रगामी शिक्षा ऐन जारी नभएसम्म सडकमै संघर्ष गरिरहेका छौँ। अस्ति भित्रभित्रै मरिरहेका थियौँ, अब सडकमै मर्न तयार छौँ।’

उनीहरूले सरकारसँग बारम्बार संवादको पहल गर्दा पनि सुनुवाइ नभएकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। ‘अब एकमुठी सास मात्र बाँकी छ सरकार, तर त्यो पनि शिक्षक आन्दोलनकै लागि समर्पित छ,’ सन्देशमा उल्लेख गरिएको छ।

शिक्षा ऐन प्राप्तिका लागि सुरु गरिएको आन्दोलन थप सशक्त र सघन बनाउने प्रतिबद्धता ईस्टूको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast