कर्फ्युले वीरगन्जमा नयाँ वर्ष प्रभावित

हिमाल प्रेस १ वैशाख २०८२ ६:४१
10
SHARES
कर्फ्युले वीरगन्जमा नयाँ वर्ष प्रभावित

पर्सा- हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगन्जमा प्रभावित भएको छ। गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कर्फ्यु) आदेशको कारणले वीरगन्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् ।

नयाँ वर्ष लक्षित गरेर वीरगन्ज महानगरले आयोजना गरेको रात्रि बजार पनि निषेधआज्ञाको कारणले शनिबार र आइतबार दुई दिन सञ्चालन नपाएपछि स्थगित गरिएको छ। होटल तथा पर्यटन व्यवसायी संघ पर्साकाका अध्यक्ष हरि पन्तले वीरगन्जमा उत्पन्न भएको विषम परिस्थितिको कारणले ‘बुकिङ’ भएका होटल पनि धमाधम खाली भएको जानकारी दिए।

‘नयाँवर्ष मनाउन आएका भारतीय पाहुना पनि निषेधआज्ञाको कारणले होटल छाडेर फर्किनुभएको छ,’ उनले भने,‘नयाँ वर्ष मनाउन आएका पाहुनापछि एकाएक छाडेर जाँदा यहाँको पर्यटन व्यवसायी झनै धरासायी हुने अवस्थामा पुगेको छ।’

वीरगन्जमा करिब १० अर्ब भन्दा धेरै लागतमा तारे तथा अन्य होटल सञ्चालनमा रहेका छन्।

प्रकाशित: १ वैशाख २०८२ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast