अध्यक्ष सुवेदीले भने- हामीलाई थाक्ने सुविधा छैन, ८ महिना लगातार शिक्षक आन्दोलन भएका उदाहरण छन्

हिमाल प्रेस ३१ चैत २०८१ ७:१०
406
SHARES
अध्यक्ष  सुवेदीले भने- हामीलाई थाक्ने सुविधा छैन, ८ महिना लगातार शिक्षक आन्दोलन भएका उदाहरण छन्

काठमाडौँ- काठमाडौँमा जारी शिक्षक आन्दोलन १२ औं दिनमा प्रवेश गरेको छ। शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि आन्दोलन सुरु गरिएको थियो। आन्दोलनकै क्रममा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई अझ सशक्त बनाउने सन्देश दिँदै सबै शिक्षकहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

शनिबार आन्दोलनको ११ औं दिन शिक्षकहरूबीच डुलेर अवस्था बुझेका सुवेदीले आइतबार सामाजिक सञ्जालमार्फत भने, ‘आदरणीय साथीहरू, हामीलाई थाक्ने सुविधा छैन। ८ महिना लगातार शिक्षक आन्दोलन भएका विश्व उदाहरणहरू छन्। हामी त आज १२ दिनमा छौं। हाम्रै देशमा राजनीतिक परिवर्तनका आन्दोलन पनि लामालामा भएका हुन्। परिणाम नलिई विद्यालय फर्कने सुविधा हामीलाई छैन।’

सुवेदीले सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएको ‘वार्ता’ भन्ने खालका समाचारप्रति सचेत रहन आग्रह गरे। ‘सामाजिक सञ्जालमा आउने सबै समाचार सत्य हुँदैन। अहिले आन्दोलन कमजोर बनाउने षण्डयन्त्रहरू समेत भई रहेका छन्। त्यसैले अनाधिकृत समाचारहरूलाई नपत्याउनु हुन अनुरोध छ। वार्ता र संवाद भएको भन्ने समाचारको भ्रममा नपर्न सबै मित्रहरूमा अनुरोध छ। हामीले राखेका पूर्व शर्तकाबारे सरकारले आफूलाई स्पष्ट पारेपछि मात्र वार्ता हुनसक्ने कुरा हामीले बारम्बार भनीरहेका छौं,’ उनको भनाइ छ।

शिक्षक महासंघको नेतृत्वमा जारी यो आन्दोलनका कारण देशभरका विद्यालयको शैक्षिक गतिविधि प्रभावित भएको छ। अध्यक्ष सुवेदीले विद्यालयका सम्पूर्ण कामकारबाही स्थगित गरी आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई पुनः आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast