स्मरणीय २०८१ : जसले ल्याए राजनीतिक तरंग

हिमाल प्रेस ३० चैत २०८१ ११:३२
24
SHARES
स्मरणीय २०८१ :  जसले ल्याए राजनीतिक तरंग

काठमाडौँ- अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो।

मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्चित बने। वर्ष २०८१ मा भएका विभिन्न प्रमुख घटना यसप्रकार छन् :

राजनीतिक घटनाक्रम

वैशाख १७ गते : बझाङ जिल्लाको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी ।
वैशाख १८ गते : इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी।
वैशाख २७ गते : नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त ।
जेठ ४ गते : सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति।
जेठ ७ गते : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत ।
जेठ १४ गते : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश ।
जेठ २३ गते : मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल ।

जेठ २५ गते : मधेस प्रदेशका मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त ।
असार १९ गते : सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता ।
असार २० गते : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन ।
असार २२ गते : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त ।
असार २८ गते : विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त ।
असार ३० गते : नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त।
साउन ६ गते : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त ।
साउन ८ गते : बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा ९तामाङ नियुक्त।
साउन २० गते : नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।
भदौ ३१ गते– संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस।
पुस ८ गते : प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन ।
चैत ५ गते : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ।
चैत १५ गते : पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु, घाइते, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा कर्फ्यू आदेश ।
चैत २० गते : नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन सुरु ।

प्रकाशित: ३० चैत २०८१ ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast