कमल थापाले जिते टेनिसको दुई उपाधि

हिमाल प्रेस ३० चैत २०८१ ८:३३
52
SHARES
कमल थापाले जिते टेनिसको दुई उपाधि

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ वर्ष उमेर समूहको सिंगल र डबल्स दुवैतर्फको टेनिस उपाधि जितेका छन्।

काठमाडौँको मण्डिखाटारमा आयोजित “AMATEUR TENNIS TOURNAMENT-2025”  मा थापाले ६५ बर्ष उमेर समूहको भेट्रान्स सिंगल र डबल्स दुवै उपाधि जितेका हुन्।

आज बिहान भएको फाइनल खेलमा सिंगल तर्फको फाइनलमा कर्मा घलेलाई थापाले ६-०,६-० को सोझो सेटमा पराजित गरेका थिए।

यसैगरी डबल्स तर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटिको जोडिलाई ६-२, ६-३ को सेटमा जित निकालेका थिए। थापा टेनिसको भेट्रान तर्फ लामो समयदेखि निरन्तर आफ्नो उमेर समूहको शीर्ष स्थानमा छन्।

प्रकाशित: ३० चैत २०८१ ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast