दीपक बोहोराको निधनपछि प्रतिनिधिसभामा थप एक स्थानमा रिक्तता

हिमाल प्रेस ३० चैत २०८१ ७:१५
14
SHARES
दीपक बोहोराको निधनपछि प्रतिनिधिसभामा थप एक स्थानमा रिक्तता

काठमाडौँ- सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन्। प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते निधन भएको थियो।

नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन्।

सांसद बोहोराको उपचारका क्रममा निधन भएको थियो। यसअघि रवि लामिछाने र टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा परेपछि उनीहरू पनि निलम्बनमा छन्।

प्रकाशित: ३० चैत २०८१ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast