
काठमाडौँ- उत्तरी चीनमा आँधीको सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई घर फर्किन निर्देशन दिइएको छ।
तीब्र गतिमा आँधी आउनसक्ने सम्भावना रहेको बताउँदै नागरिकलाई घर फर्किन निर्देशन दिइएको हो।
आँधीको सम्भावनालाई हेरेर शैक्षिक संस्थाहरू बन्द गरिएका छन् भने बाह्य कार्यक्रमहरू पनि रद्द भएका छन्।
आँधीको गतिबारे चेतावनी दिँदै सरकारी सञ्चारमाध्यमहरूले ५० केजीभन्दा कम तौल भएका मानिस ‘सजिलै उड्न सक्ने’ बताएको छ।
मंगोलियाबाट दक्षिण–पूर्वतर्फ चिसो आँधी आइरहेका कारण शुक्रबारदेखि आइतबारसम्म बेइजिङ, तियानजिन र हेबई क्षेत्रको अन्य भागमा १५० किलोमिटर प्रतिघण्टाको गतिको हावा चल्ने आशंका रहेको बताइएको छ।
चीनमा आँधीलाई लिएर पछिल्लो एक दशकमा पहिलोपटक ‘अरेन्ज अलर्ट’ जारी गरिएको हो।
शनिबार तीब्र गतिमा हावा चलेको बेला बेइजिङमा २४ घण्टाभित्र तापक्रम १३ डिग्री सेल्सियसले ओरालो लाग्ने अधिकारीहरूले बताएका छन्।