सहरमा आज : वर्षको अन्तिम शनिबार केके हुँदैछ?

हिमाल प्रेस ३० चैत २०८१ ६:५७
28
SHARES
सहरमा आज : वर्षको अन्तिम शनिबार केके हुँदैछ?

काठमाडौँ- चैत अर्थात आज यस वर्षकै अन्तिम शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ।

जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

अन्तिम साता उपत्यकामा केके हुँदै छ त हेरौं विस्तृतमा

मण्डलामा आभा काव्य लहर

थापागाउँस्थित मण्डला थिएटरमा आज आभा काव्य लहरको आठौँ शृङखला आयोजना हुँदैछ। दिउँसो तीन बजे सुरू हुने कार्यक्रममा कविहरु प्रा.डा अभि सुवेदी, मञ्जुल, एलिसा एकलास, सुरज पराजुली, भूमिका थारु र कबिर काफ्काले कविता वाचन गर्नेछन्।

नाटक ‘अर्को एउटा द्रोणाचार्य’ मञ्चन

मण्डला थिएटरमै चैत २१ देखि नाटक ‘अर्को एउटा द्रोणाचार्य’ मञ्चन भइरहेको छ। नाटकका निर्देशक उमेश तामाङ हुन्।

भारतीय लेखक डा.शङ्खर शेषको नाटक एक और द्रोणाचार्य’मा आधारित छ। सम्राट भुजेल र श्रीशेषले नाटकको नेपालीमा अनुवाद गरेका छन्। कोषा आर्टस थिएटरको प्रस्तुति रहेको नाटकमा उमेश सुनाम, कृतिका बस्नेत, आवाश भट्टराई, अर्जुन दुलाल, सनम श्रेष्ठ, भूपि। रोशन, श्रीशेष श्रेष्ठ, दीपेश गजुरेल, प्रेमदेव विश्वकर्मा, स्वर्णिम चापागाईं र सम्राज भुजेलको अभिनय छ। नाटक वैशाख ७ सम्म मञ्चन हुनेछ।

हलमा कुन कुन फिल्म?
कर्मा
फिल्म ‘कर्मा’ चैत २९ देखि हलमा प्रदर्शन भइरहेको छ। सौरभ चौधरी निर्देशित फिल्ममा अभिनेता विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरीलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, दरबार सिनेक्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल र लबिम मलमा फिल्मको १९ सो छ।वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।

पिताम्बर
कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ चैत २९ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्त, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्र् सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकीको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, दरबार सिनेक्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल र लबिम मलमा फिल्मको २६ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।

जात
हिन्दी फिल्म ‘जात’ चैत २८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक गोपीचन्द मालिनेली हुन्। एक्सन, ड्रामा र थ्रिलर जनरामा बनेको फिल्ममा सनी देओल मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स र सिटी स्क्वायर मलमा फिल्मको १९ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।

वसन्त
फिल्म ‘वसन्त’ चैत २२ देखि प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक प्रकाश सपुत हुन्। प्रकाशकै मुख्य भूमिका रहेको फिल्ममा स्वस्तिमा खड्का प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्ग बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ। फिल्ममा विपन्न विश्वकर्मा समुदायका छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, सिटी स्क्वायर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको ७ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल फिल्म ‘वसन्त चलिरहेका अन्य हल हुन्।

अ माइनक्राफ्ट मुभि
अंग्रेजी फिल्म ‘अ माइनक्राफ्ट मुभि’ नेपालमा चैत २२ देखि प्रदर्शन भइरहेको छ। एक्सन, कमेडी र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक जारेड हेस हुन्। फिल्ममा जेनिफर कूलिज, जेसन मोमोआ, एम्मा मायर्सलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत लबिम मल, छाया सेन्टर र दरबार सिनेम्याक्स र वान सिनेमाजअन्तर्गत आइप्लेक्स मलमा फिल्मको सो छ।

सिकन्दर
बलिउड फिल्म ‘सिकन्दर’ चैत १७ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता सलमान खान र अभिनेत्री रश्मिका मन्दाना मुख्य भूमिकामा छन्। फिलमका निर्देशक एआर मुरुगादास हुन्। फिल्म एकसन जनरामा बनेको छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर र छाया सेन्टर र सिभिल मलमा फिल्मको ४ सो छ। त्यस्तै, सिडिसी सिनेमाज, सिटी सिनेमाजमा फिल्म ‘सिकन्दर’ प्रदर्शन भइरहेको छ।

अञ्जिला
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो ‘अञ्जिला’। फिल्ममा उनको बाल्यकाल, खेलप्रतिको सपना, पारिवारिक उतारचढावबीचको संघर्ष र कप्तानसम्म सफलताको कथा देखाइएको छ।

यो फिल्म फागुन २९ देखि हलमा चलिरहेको छ। एञ्जिला स्वयःको अभिनय रहेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्मका निर्देशक मिलन चाम्स हुन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, सिटी स्वायर मल, छाया सेन्टर रभाटभटेनी भक्तपुरमा फिल्मको १० सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, बिएसआर मुभिजमा फिल्म ‘अञ्जिला’ चलिरहेको छ।

होस्टेल ३
फागुन २३ देखि हलमा ‘होस्टेल ३’प्रदर्शन भइरहेको छ। फिल्मले पहिलो साता ४ करोड ३२ लाख कमाएको टिमको दाबी छ।

होस्टेलकै कथामा बनेको फिल्ममा सबै कलाकार नयाँ छन्। सशान कँडेलको निर्देशित फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ। फिल्ममा युवापुस्ताको क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा देखाइएको छ। शनिबार उपत्यकाको रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

लाज शरणम्
फागुन १४ देखि हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘लाज शरणम्’ को सो छ।

प्रकाशित: ३० चैत २०८१ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast