
काठमाडौँ- सडकसँग आवद्ध बालबालिकाको अधिकार संरक्षणका लागि कार्यरत संस्था ‘साथसाथ’ ले जन्मदर्ता र नागरिकताको व्यवस्था गर्न माग गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
शुक्रबार अन्तर्राष्ट्रिय सडक बालबालिका दिवसको सन्दर्भ पारेर संस्थाले राजधानीमा अन्तर्र्संवाद कार्यक्रम गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष नवल किशोर साह सुडीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो।
कतिपय पीडितहरुको तीन चार पुस्ता नै सडमकै छन्। बाजेपुस्ताले नागरिकता नपाउँदा नाति पुस्ताले निकै समस्या भोगिरहेको ‘साथसाथ’ की एजुकेटिभ रिसोर्स पर्सन कविता शाहले बताइन्। सडक बालबालिकाको पहिचानमा देखिएका समस्या समाधानका लागी नागरिकता विधेयकमा सडक बालबालिकाको पहिचानलाई समेटिनुका साथै कतिपय अवस्थामा आएका व्यावहारिक समस्यालाई सहज ढंगले समाधान गर्न संस्थाको आग्रह छ।
बालबालिका जन्मिएकै ठाउँबाट जन्मदर्ताको व्यवस्था गर्न सरकारले चासो दिनुपर्ने संस्थाको छ माग छ।
यस्तो छ ‘साथसाथ’ ले सरकारलाई बुझाएको ध्यानाकर्षणपत्र
१. जो बालबालिका जहाँ जन्मिन्छन्, त्यहीँ ठाउँबाट उनीहरुको जन्म दर्ता गर्ने व्यवस्था गरियोस्।
२. बालबालिकाको जन्म दर्ताको विवरण सच्याउने सम्बन्धमा, दर्ता भई दर्ताको प्रमाणपत्र लिएको एक बर्ष भन्दा एक पटकको लागि भनि संशोधन गर्न सक्ने व्यवस्था गरियोस्।
३. मावली तर्फको उमेर पुगेको व्यक्ति पत्न्नि बालबालिकाको जन्म दर्ता गर्न सूचक हुन पाउने व्यवस्था गरियोस्।
४. अफ्ना अभिभावक तथा स्थायी ठेगानाको केहि पहिचान वा जानकारी नभएका सडकसँग आबद्ध रहेका बालबालिकाको जन्म दर्ता सुनिश्चिताका लागी जन्म दर्ताको विश्वव्यापी सिद्धान्तको मान्यताको अवलम्वन गरियोस्।
५. बाबु आमाको पहिचान नभएका, संस्थाको संरक्षणमा पनि नरहेका तथा स्थायी रुपमा एकै स्थानमा नबसेका सडकसँग आवद्ध बालवालिकाको जन्म दर्ता सम्बन्धमा स्थानीय सरकारले नै जिम्मेवारी बहन गरी उनीहरुको जन्म दर्ता सुनिश्चितगरियोस्।
६. लामो समयसम्म सडकमा बिताएका, बाबु आमाको पहिचान नभएका र संस्थाको संरक्षणमा पनि नरहेका सडक बालबालिकाको कानूनी पहिचानका (जन्म दती तथा नागरिकता) लागी व्यावहारिक तथा सहज वातावरणको निर्माण गरियोस्।
७. पुस्तौ पुस्तादेखि सडकमा नै जीवनयापन गर्दै आएका र कुनै पनि कानूनी पहिचान नभएका सडक बालबालिकाको कानूनी पहिचानका (जन्म दर्ता तथा नागरिकता) लागी व्यावहारिक तथा सहज वातावरणको निर्माण गरियोस्।
८. सडकसँग आबद्ध बालबालिका तथा युवाको दिगो व्यवस्थापन सहितको रोजगार मुलक कार्यक्रम सञ्चालन गरियोस्।
९. सडकसँग आवद्ध बालबालिकाको वैज्ञानिक तथ्यांक निर्माण गरी आवश्यक नीति निर्माण गर्न र कार्यान्वयन गर्न संघीय सरकारको सदा रुपता देखियोस्।
१०. विद्यालय भर्ना गर्दा सरकारले जन्म दर्तालाई अनिवार्य गरेको छ तर सडकसँग आवद्ध रहेका बालबालिकाको जन्म दर्ता गर्न प्रवास गर्दागर्दै पनि दर्ता हुन नसकेको अवस्थामा बालबालिकालाई शिक्षाबाट वञ्चित नगरियोस्।
११. आमाले स्वतन्त्र रुपमा आफ्ना सन्तानको व्यावहारिक रुपमा नै जन्म दर्ता गर्न सक्ने सुनिश्चितताका लागि आमा सूचक भई बालबालिकाको जन्म दर्ता गर्ने प्रावधानलाई थप प्रस्ट गरियोस्।
१२. बुबा सम्पर्क विहिन वा कुनै पनि जानकारी नभएको अवस्था तथा आमा मात्र भएको तर आमाको पनि कुनै कानूनी कागजात नभएका सडकसँग आबद्ध बालबालिकाको जन्म दर्ता सम्बन्धमा स्थानीय सरकारले नै जिम्मेवारी वहन गरी त्यस्ता बालबालिकाको जन्मदर्ता सुनिश्चित गरियोस्।
१३. अन्य दिवस जस्तै अप्रिल १२ तारिखलाई अन्तर्राष्ट्रिय सडक बालबालिका दिवसको रुपमा मनाउन पहल गरियोस्।