श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक : श्रममन्त्री भण्डारी

हिमाल प्रेस २९ चैत २०८१ १५:१७
10
SHARES
श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक : श्रममन्त्री भण्डारी

काठमाडौँ- श्रम तथा रोजगार क्षेत्रमा संगठित र समन्वयात्मक ढंगले काम गर्न नेपाल सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक योजना तयार गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले बताएका छन्।

स्वीस कन्ट्याक्स्टको स्टेप अप परियोजनाको समापनमा बोल्दै श्रममन्त्री भण्डारीले नेपाल र नेपालीको समृद्धि नेपालीकै हातमा रहेको हुनाले नयाँ र प्रभावकारी ढंगले इमान्दारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताए।

रोजगार र आर्थिक विकास एक आपसका परिपूरक रहेको बताउँदै उनले आगामी दशकमा नेपाल सरकारले श्रमिकको माग, सिर्जना, दक्ष श्रमिकको आपूर्ति र आर्थिक विकासको लागि श्रम बजार प्रवर्द्धन गर्ने जस्ता रोजगार सिर्जनामा श्रम मन्त्रालयले काम गर्ने योजना रहेको बताए।

नागरिकलाई एकीकृत ढंगले श्रम तथा रोजगार सेवा प्रवाह हुने गरी तीनै तहको सरकारका साझा नीति तथा रणनीति तयारी अन्तिम चरणमा रहेको उनले बताए।

संविधानको समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा स्वीस कन्ट्याक्टको प्राविधिक सहयोगमा निर्मित कोशी सरकारको श्रम संसार डिजिटल पोर्टललाई अन्तर्राष्ट्रिय श्रम दिवसदेखि सबै स्थानीय तहमा बिस्तार हुने जानकारी दिँदै मन्त्री भण्डारीले अन्तर तह अन्तर निकाय समन्वय र सहकार्यलाई व्यापकता दिने बताए।

प्रकाशित: २९ चैत २०८१ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast