‘के घर के डेरा : घर नं २’ काे टिजर सार्वजनिक

हिमाल प्रेस २९ चैत २०८१ १४:१३
8
SHARES
‘के घर के डेरा : घर नं २’ काे टिजर सार्वजनिक

काठमाडौँ- दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ। टिजरमा पशुपतिको किनारमा रहेका दुई पात्रको पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातनाको कथा समेटिएको छ।

टिजरमा फिल्म मुख्य कलाकार खगेन्द्र लामिछानेलगायत कलाकारले स्थान पाएका छन्। फिल्मले गाउँबाट आएर काठमाडौँमा संघर्ष गर्ने आम नेपालीको संघर्ष प्रस्तुत गरेकाे छ।

फिल्मका कथा उपन्यासकार लेखक बुद्धि सागरको लेखेका हुन्। उनले पहिलोपटक फिल्मको कथा लेखेका हुन्। सामाजिक कथामा आधारित फिल्म आगामी वर्ष जेठ २ मा प्रदर्शन हुँदैछ।

फिल्ममा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायत कलाकारको अभिनय छ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाले छायांकन गरेको फिल्म नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जनले लगानी गरेका छन्।

यस्ताे छ टिजर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast