संसदीय समितिमा गृहमन्त्रीले भने- प्रसाई पक्राउ परेका छन्,अनुसन्धान जारी छ

हिमाल प्रेस २९ चैत २०८१ १४:०५
28
SHARES
संसदीय समितिमा गृहमन्त्रीले भने- प्रसाई पक्राउ परेका छन्,अनुसन्धान जारी छ

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाई पक्राउबारे कानुन, न्याय तथा संसदीय मामिला समितिलाई जानकारी गराएका छन्। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले प्रसाई पक्राउ परिसकेको र घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताए।

‘दुर्गा प्रसाईजी पक्राउ पर्नुभएको छ। अनुसन्धान जारी छ,’ मन्त्री लेखकले बैठकमा भने। उनले तीनकुने घटका दाेषी पहिचान भइरहेको बताउँदै थप पक्राउको सम्भावना पनि रहेको बताए।

‘पक्राउ पर्ने क्रम अघि बढ्न सक्छ। जसजसको संलग्नता देखिन्छ उनीहरूलाई कानुनी दायरामा ल्याइन्छ,’ उनले स्पष्ट पारे।

गृहमन्त्री लेखकले लोकतान्त्रिक व्यवस्थामा हिंसा, अराजकता वा निरंकुश शैलीको खोजी कुनै पनि हालतमा स्वीकार्य नहुने धारणा पनि व्यक्त गरे। ‘लोकतन्त्रमा आगो लगाएर निरंकुशता खोज्नु उपयुक्त होइन,’ उनले भने।

प्रकाशित: २९ चैत २०८१ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast