
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले दुर्गा प्रसाईंलाई गणतन्त्रको पाठ राम्ररी पढाउन आग्रह गरेका छन्।
यही चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई आज नेपाल प्रहरीले पक्राउ गरेको छ।
प्रसाईं पक्राउपछि पूर्वप्रधानमन्त्री डा.भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै भने, ‘कसैले उचालेको प्रतिक्रान्तिकारी उपद्रवीलाई लाखौं जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको पाठ राम्ररी पढाइयोस्।’
हिंसात्मक प्रदर्शनपछि प्रसाईं तीनकुनेबाटै भागेर भारत पुगेका थिए।
प्रकाशित: २९ चैत २०८१ १२:०४
प्रतिक्रिया