हलमा लागे वर्षका अन्तिम फिल्म ‘कर्मा’ र ‘पिताम्बर’

हिमाल प्रेस २९ चैत २०८१ १०:५२
10
SHARES
हलमा लागे वर्षका अन्तिम फिल्म ‘कर्मा’ र ‘पिताम्बर’

काठमाडौँ- आजदेखि हलमा दुई नेपाली फिल्म प्रदर्शन भएको छ। ‘कर्मा’ र ‘पिताम्बर’। एक्सन जनरामा बनेको फिल्मको बिहानी सो केही सुखद देखिएको छ। उपत्यकाभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल हलले फिल्मलाई उत्साहजनक सो दिएका छन्।

सौरभ चौधरी निर्देशित ‘कर्मा’ मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन्। उनले एक्सन जनरामा पहिलोपटक काम गरेका हुन्। उनीसँगै फिल्ममा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेतलगायत कलाकारको अभिनय छ।वसन्त लम्सालले लागानी गरेको फिल्म केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा बनेको छ।

कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्त, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई‍ र सुप्रोल बुढाथोकीको अभिनय छ। फिल्मको निर्मातामा विशाल चौलागाई‍ रहेका छन्।

यो सँगै हलमा फिल्म ‘वसन्त’, अञ्जिला’ र हिन्दीमा ‘जात’लगायत फिल्म प्रदर्शन भइरहेको छ।

प्रकाशित: २९ चैत २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast