
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदैछन्। नेकपा एमाले रूपन्देहीले आज बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली बुटवल जान लागेका हुन्।
प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओलीले आज दिउँसो साढे १ बजे सभालाई सम्बोधन कार्यक्रम रहेको जनाएको छ।
बुटवल मण्डपमा आयोजना गरिने उक्त आसभामा ५० हजारभन्दा बढी सहभागिता गराउने गरी तयारी भएको एमाले रूपन्देहीले जनाएको छ।
प्रकाशित: २९ चैत २०८१ ९:२२
प्रतिक्रिया