
रामेछाप– रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
मन्थली नगरपालिका–३ ठाँटीमा बा १६ च ६४७६ नम्बरको जिप बिहीबार दुर्घटना हुँदा स्थानीय ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पुजा सकेर फर्कने क्रममा जिप दुर्घटना भएको हो।
घाइतेको मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ चैत २०८१ १९:५६
प्रतिक्रिया