शिक्षक आन्दोलनमा घुसपैठ भएको छैन : प्रहरी

हिमाल प्रेस २८ चैत २०८१ १४:२०
1.4k
SHARES
शिक्षक आन्दोलनमा घुसपैठ भएको छैन : प्रहरी

काठमाडौँ- नेपाल प्रहरीले काठमाडौँमा ९ दिनदेखि जारी शिक्षक आन्दोलनमा घुसपैठ नभएको जानकारी दिएको छ। अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनका क्रममा आज बिहीबार नयाँ बानेश्वर सडकमा आन्दोलनकारी र प्रहरीबीच धकेला धकेल भएको थियो।

आन्दोलन परिचालन समितिका एक सदस्यले त्यहाँ घुसपैठ भएको दाबी गर्दै स्वयंमसेवकले २/३ जनालाई प्रहरीको जिम्मा लगाएको बताए। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अपीलराज बोहराले शिक्षक आन्दोलनमा घुसपैठ नभएको जानकारी दिए।

आन्दोलन परिचालन समितिका एक सदस्यले घुसपैठ भएको बताउँदै स्वयंसेवकले २/३ जनालाई प्रहरीको जिम्मा लगाएको हो भनेर बोहरालाई हिमालप्रेसले सोध्दा उनले भने, ‘हामीलाई त्यस्तो कुनै रिपोर्ट प्राप्त भएको छैन।’

आन्दोलनरत शिक्षक कर्मचारीहरू र प्रहरीबीच धकेला धकेल

प्रकाशित: २८ चैत २०८१ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast