घरमै सुत्केरी हुने चलन रोकिएन

हिमाल प्रेस २८ चैत २०८१ १३:४८
14
SHARES
घरमै सुत्केरी हुने चलन रोकिएन फाइल तस्बिर।

ओखलढुंगा- ओखलढुंगामा सरकारले घरमै सुत्केरी हुने दर घटाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जिल्ला स्वास्थ्य कार्यालयले सुरक्षित मातृत्व कार्यक्रम र बर्थिङ सेन्टर स्थापना गरे तापनि चालु आर्थिक वर्षको आठ महिनामा २९ जना महिला घरमै सुत्केरी भएका छन्।

सिद्धिचरण नगरपालिकामा सबैभन्दा बढी ८ जना, त्यसपछि चम्पादेवी, खिजीदेम्बा र अन्य गाउँपालिकामा पनि घरमै सुत्केरी भएका महिलाको संख्या कम छैन। स्वास्थ्य कार्यालयका अनुसार  हालसम्म ११६ जना महिलाले घरमै सुत्केरी गरेको तथ्यांक रहेको छ। यद्यपि, बालविवाह र उमेर नपुग्दै सुत्केरी हुने घटनाहरू पनि बढेका छन्। चालु आवमा ९१ जना किशोरीले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन्।

स्वास्थ्य अधिकारीहरूले यस समस्यामा सुधार ल्याउन थप प्रयास गर्न र नागरिकलाई सचेत गराउन जोड दिएका छन्।

प्रकाशित: २८ चैत २०८१ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast