आन्दोलनरत शिक्षक कर्मचारीहरू र प्रहरीबीच धकेला धकेल

हिमाल प्रेस २८ चैत २०८१ १३:०४ | Thursday, April 10, 2025
आन्दोलनरत शिक्षक कर्मचारीहरू र प्रहरीबीच धकेला धकेल

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठमाडौँमा जारी आन्दोलनका क्रममा आज शिक्षक कर्मचारीहरू र नेपाल प्रहरीबीच नयाँ बानेश्वर सडकमा धकेला धकेल भएको छ।

शिक्षा ऐन माग्दै आज नवौं दिन आन्दोलन गरिरहेका उनीहरूले नयाँ बानेश्वर सडकका तीनवटै लेन कब्जा गर्दा खोजेपछि प्रहरीले रोक्न खोजेको थियो। सो क्रममा आन्दोलनकारी शिक्षक कर्मचारी र प्रहरीबीच धकेला धकेल भएको हो।

नेपाल शिक्षक महासंघले आन्दोलन सभ्य, अनुशासित, मर्यादित भने पनि केही शिक्षक कर्मचारीहरूका कारण अशान्त बनेको छ।

प्रकाशित: २८ चैत २०८१ १३:०४ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast