
काठमाडौँ- नेपाल शिक्षक संघका प्रदेश अध्यक्षहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकाे निवास बूढानीलकण्ठमा भेटेर शिक्षा ऐन जारी गर्न माग गरेका छन्।
शिक्षक प्रतिनिधिहरूले आज देउवासँग सो माग राखेका हुन्। उनीहरूसँग देउवाले आन्दोलनका कारण उत्पन्न परिस्थितिको बारेमा जानकारी लिएका छन्।
सभापति देउवा र शिक्षकहरूबीचको छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले जानकारी दिए।
‘सभापति देउवा र शिक्षकहरूबीचको छलफल उत्साहजनक भएको छ,’महरले भने। यसअघि नै महरले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए।
विज्ञप्तिमा भनेका थिए,‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि शिक्षक महासंघसँग यसअघि भएको सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ता संवादको पहल थाल्न माग गर्छु।’
शिक्षा मन्त्रालयको आग्रहमा शिक्षा विधेयकमा छलफल गर्न महासंघ साढे ३ बजे जाने!