बुटवल-नारायणगढ सडक अवरुद्ध

हिमाल प्रेस २८ चैत २०८१ १२:०७
16
SHARES
बुटवल-नारायणगढ सडक अवरुद्ध निर्माणाधीन नारायणगढ-बुटवल सडक खण्ड। तस्बिर-रासस

मध्यविन्दु- पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो।

विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन्।

दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो। आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ।

प्रकाशित: २८ चैत २०८१ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast