बढ्यो डलर, कति छ अरू मुद्राको मूल्य?

हिमाल प्रेस २८ चैत २०८१ ६:३८
8
SHARES
बढ्यो डलर, कति छ अरू मुद्राको मूल्य?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ। तर, अस्ट्रेलियन डलरको विनियमदर भने घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा छ।

आज युरो १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा छ। आज पाउन्ड १ को खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ०९ र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा छ। कुवेती दिनार १ को खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा छ।

प्रकाशित: २८ चैत २०८१ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast