
काठमाडौँ- बिहानैबाट काठमाडौँलगायतका स्थानका वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भएको हो।
विभागका अनुसार देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यो क्रम आज राति पनि जारी रहनेछ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने देखिन्छ ।
प्रकाशित: २८ चैत २०८१ ६:२०
प्रतिक्रिया