
काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयक-२०८० को चौथो परिच्छेदसम्म छलफल सकेको छ। नेपाल शिक्षक महासंघको जारी आन्दोलनपछि लगातार बसेको उपसमिति बैठकले विधेयकमाथिको छलफल तीब्र बनाएको छ।
उपसमितिको आजको बैठकले विधेयकको चौथो परिच्छेदसम्मको ३९ वटा दफामा छलफल सकेको समिति सदस्य सरिता भुसालले जानकारी दिइन्। उनले हिमालप्रेससँग भनिन्, ‘विधेयकका १५ मध्ये चौथो परिच्छेदसम्म छलफल सकियो।’
आज पाठ्यक्रम, परीक्षा बोर्डको काम, कर्तव्य र अधिकारलगायत विषयमा छलफल भएको उनले जानकारी दिइन्।
प्रकाशित: २७ चैत २०८१ १७:३४
प्रतिक्रिया