
काठमाडौँ- नेपालबाट युरोपेली मुलुकहरूमा दक्ष र अर्ध-दक्ष श्रमिक पठाउने उद्देश्यसहित नयाँ म्यानपावर कम्पनी ‘डी आई रिक्रुटमेन्ट एजेन्सी प्रा. लि. को औपचारिक शुभारम्भ भएकाे छ। सोमबार काठमाडौँ महाराजगञ्जमा आयोजित एक विशेष समारोहबीच कम्पनीको औपचारिक सुरुवात गरिएको हो। यसको आरम्भ गर्न साइप्रस र ग्रिसबाट नेपाली कामदार खोज्ने प्रतिनिधीहरुको पनि उपस्थिति थियो। विशेष गरी जोस क्रियापोस जो साइप्रस डीई मेन-जबलाइनको प्रमुख छन् उनले पनि आफूहरुले नेपाली दक्ष र अर्ध दक्ष कामदार लैजाने जानकारी दिएका छन्।
यो कम्पनी अनुभवी व्यावसायिक समूहद्वारा स्थापना गरिएको हो, जसले विगत लामो समयदेखि युरोप (विशेष गरी ग्रीस र साइप्रस) मा नेपाली श्रमिकलाई पठाउने काम गर्दै आएका छन्। यसबाहेक मलेसिया र यूएई (दुबई) मा पनि दक्ष र अर्ध दक्ष कामदार पठाउने गरेका छन्। उनीहरू स्वयं पनि युराेपेली मुलुकहरूमा काम गरेर अनुभव प्राप्त गरिसकेका व्यक्ति हुन्।
‘डी आई रिक्रुटमेन्ट एजेन्सी प्रालि’ ले अन्य म्यानपावर कम्पनीभन्दा भिन्न र स्तरीय सेवा दिने जानकारी कम्पनीका अध्यक्ष अस्मिता डाँगीले दिइन् । कम्पनीले श्रमिकहरूलाई सीपमूलक प्रशिक्षण, भाषा कक्षा र होस्टेल सुविधा जानुअघि काठमाडौँमा नै दिने छ। पठाउनुअघि त्यहाँ गरिने कामको राम्रो तयारी गराएर कामका लागि योग्य बनाएर मात्र विदेश पठाउने जनकारी पनि उनले दिइन्।
अध्यक्ष डाँगीका अनुसार यो कम्पनीले संगठीत स्थानमा सफाई गर्ने, बार टेन्डर, बेकरी बनाउन जान्ने, सुपर मार्केटको सफाई, कार वास, चिज उद्योगमा काम गर्न सक्ने, पेट्रोल पम्पमा काम गर्न सक्नेमात्र होइन केयर गिभर, वेल्डर, राम्रा सिकर्मी, नर्स, फर्मासिस्टलगायतलाई पठाउने छ। जुन काम यहाँ तोकिएर गएका हुन्छन त्यहाँ त्यही काम गर्ने प्रस्ट पार्दै उनले भनिन्, ‘त्यसमा दायाँबायाँ हुँदैन्। हामी उच्चस्तरीय सेवा दिनेछौँ।’
श्रमिकलाई युरोपको वास्तविक आवश्यकताअनुसार तयार गरेर मात्र पठाउने पनि उनले बताइन्। ‘रोजगारी ग्यारेन्टीसहित सुरक्षित र व्यवस्थित तरिकाले पठाउनु हाम्रो लक्ष्य हो। धेरै पठाउने होइन थोरै पठाउने तर राम्रो स्थानमा पठाउने हो,’ उनले भनिन् , ‘हामी आफैँ पनि त्यहाँ काम गरिसकेका हुनाले हामीलाई त्यहाँको अवस्था थाहा छ। अनि हामीले त्यहाँको चिनेको एजेन्टमार्फत मात्र काम गर्नेछौँ। डिमान्ड आयो भन्दैमा जति पनि मानिस पठाउने काम हामीबाट हुँदैन। बुझेर अवस्था अनुरुप पठाउने छौँ।’
कम्पनीको शुभारम्भ समारोहमा ग्रीस र साइप्रसबाट आएका जाेस सहितका विदेशी एजेण्टहरूको सहभागिता अन्तर्राष्ट्रिय साझेदारीमा थप विश्वास बढाएको छ। उनीहरुले यहाँबाट जाने कामदारको काम र लोयल्टी निहालेका छन्। नेपालमा वैदेशिक रोजगार क्षेत्र दशकौँ पुरानो भए पनि हालसम्म पनि पारदर्शिता र गुणस्तरको अभावले धेरै समस्याहरू देखिएको पृष्ठभूमिमा डीआईले नयाँ ढंगको, व्यावसायिक र उत्तरदायी म्यानपावर सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
वैदेशिक रोजगारीका लागि हजारौँ नेपाली विदेश जाने क्रम जारी रहेको बेला, लामो अनुभव बटुलेका समूहले यस्तो कम्पनी स्थापना भएकोमा उपस्थित अधिकारीहरुले शुभकामना भन्दै रिवन काट्ने र बलुन उडाउँदै कम्पनीकाे सफलताको कामना गर्दै सुभारम्भ गरेका थिए।
नेपालमा म्यानपावर व्यवसायको इतिहास चार दशकभन्दा पुरानो भए पनि प्रारम्भमा यो व्यवसाय पश्चिम एसियाली मुलुक अर्थात अरब तर्फ मात्र केन्द्रित थियो। मलेसिया, कतार, साउदी अरेबिया, यूएईलगायतका मुलुकहरूमा नेपाली युवाहरू ठूलो संख्यामा आप्रवासमा गएका चार दशक अघिदेखि नै हाे। याे घट्दो होइन बढ्दो छ। यद्यपि, पछिल्लो समय वैकल्पिक गन्तव्यको खोजीसँगै युरोपतर्फको आकर्षण बढ्दो छ। मलेसिया र दुबई पनि युरोप जस्तै रहेका कारण त्यहाँ पनि डीआईले राम्रो स्थानमा काम गर्न पठाउने जनाएको छ।
तर, युरोप पठाउने नाममा धेरै कम्पनीहरूले ठगी गरेको हुनाले त्यसतर्फ जान निकै डराउने गरिरहेका छन्। यस्तै चुनौतीपूर्ण परिवेशमा स्थापित डी आईले भ्रम हटाउने र गुणस्तरीय सेवा दिने उद्देश्य राखेको पनि यसका सञ्चालक डाँगीले बताइन्।
नेपालको म्यानपावर व्यवसाय यतिबेला गुणस्तर, पारदर्शिता र दीर्घकालीन सोच को खाँचोमा छ। डी आई नेपालले ल्याएको अनुभवमा आधारित, सीप-केन्द्रित र पारदर्शी प्रणाली नेपाली युवाहरूका लागि युरोप पुग्ने मार्गलाई अझ सुरक्षित र सम्मानजनक बनाउन महत्वपूर्ण हुन सक्छ। किनकी युरोपमा अझै पनि अध्ययनको लागि भनेर गएर अनौपचािरक रुपमा काम गर्नेहरुको संख्या उल्लेख्य छ। त्यसैले यहाँबाट नै वर्क परमिट लिएर काम गर्न जाँदा सहज हुने हुनाले त्यसमा आफूहरु अग्रणी रहने दावी पनि कम्पनीको छ।