
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले राजावादीविरुद्ध आन्दोलन गर्ने भएको छ। आन्दोलनस्वरूप समाजवादीले आगामी वैशाख १० गते सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो।
समाजवादीले संशोधन गरेर सार्वजनिक गरेको कार्यतालिकामा केही २०८२ सालको बैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भनिएको छ।
यस्तै, बैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित प्रदेश र जिल्लाका मागपत्र बुझाउने छ।
वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयमा सम्बन्धित पालिका र वडाका मागपत्र बुझाउने कार्यतालिका छ। आन्दोलनका दोस्रो चरणका कार्यक्रम भने आगामी वैशाख २५ गते सार्वजनिक गरिने भएको छ।
प्रकाशित: २७ चैत २०८१ १२:५७
प्रतिक्रिया