शिक्षा विधेयक अघि बढ्यो, शिक्षक कर्मचारीहरूलाई घर फर्काउँछौं : विश्वप्रकाश शर्मा

हिमाल प्रेस २७ चैत २०८१ ११:०८
924
SHARES
शिक्षा विधेयक अघि बढ्यो, शिक्षक कर्मचारीहरूलाई घर फर्काउँछौं : विश्वप्रकाश शर्मा

गुल्मी- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले ५० वर्षपछि शिक्षा विधेयक गणतन्त्रले बोकेर ल्याएको बताएका छन्।

नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले आन्दोलनरत शिक्षक कर्मचारीहरूका समस्याहरू तत्काल समाधान गर्नुपर्ने बताए।

उनले भने, ‘शिक्षकका समस्याहरूको समाधान अविलम्ब गर्नु आवश्यक छ। कामहरू भइरहेको छ र आगामी संसद्‌मा पारित गर्ने कामले शिक्षकलाई घर फर्काउनमा मद्दत पुर्‍याउनेछ।’

महामन्त्री शर्माले कुनै दल र व्यक्तिलाई आरोप लगाएर शिक्षकका समस्याबाट भाग्न नहुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast