
काठमाडौँ। हङकङमा जारी चार देशीय टी २० शृंखलामा नेपालले पहिलो जित निकालेको छ। कतारले दिएको १५१ रनको लक्ष्यलाई नेपालले १८ बल बाँकी रहँदै २ विकेट गुमाएर नेपालले पूरा गरेको हो।
नेपालका लागि कुशल भुर्तेलको आक्रामक ३८ रन प्रहार गर्दा र आसिफ सेखको ३३ रन बनाए। रोहित पौडेलले ३७ र बसिर अहमदले ३० रन थपे। कतारका मुजीब उर रेहमानले २ विकेट लिए ।
टस हारेर ब्याटिङ रोजेको कतारका लागि शाहजैब जमिल अहमदले ३१, महम्मद जमान २० र मोहम्मद इर्शादले १८ रन बनाए।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राजवंशीले १।१ विकेट लिए।
प्रकाशित: २७ चैत २०८१ ९:५३
प्रतिक्रिया